+
+
Shares

क्लब पार्टीको नाममा बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १९:०१

१९ भदौ,काठमाडौं। क्लब पार्टीको नाममा बन्धक बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीया आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका–११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङ छन्।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। यो समूहले काठमाडौंका विभिन्न स्थानहरुमा रहेका डान्सबार तथा क्लब हाउसबाट युवायुवतीहरुलाई प्रलोभनमा पारी क्लब पार्टी भन्दै बुढानिलकण्ठस्थित घरमा ल्याएर नसालु पदार्थ खुवाई बन्धक बनाएको आरोप छ ।

नसालु पदार्थमा लट्ठिएपछि शारीरिक यातना दिनेदेखि अनैतिक कार्य समेत गर्न लगाउने गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। उनीहरुबाट नक्कली पेस्तोल समेत बरामद भएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?