+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘खुस्मा’को जापान र दक्षिण कोरियामा प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १०:४५

काठमाडौं । संविधान दिवसको अवसरमा रिलिज हुन लागेको फिल्म ‘खुस्मा’ जापान र दक्षिण कोरियामा प्रदर्शन हुने तय भएको छ । निर्माताले ती दुई पूर्वी एसियाली मुलुकको वितरण अधिकार विक्री गरेका छन् ।

जापान वितरण अधिकार खुर्पेटो प्रोडक्सनले किनेको छ । दक्षिण कोरियाको अधिकार पनि बिक्री भएको छ । गीत र टिजर सार्वजनिक भएसँगै दर्शक यो फिल्मलाई लिएर उत्साहित छन् ।

अन्य मुलुकबाट पनि वितरण अधिकारको लागि माग भैरहेको निर्देशक अशोक थापाले बताए । फिल्मलाई एम मिडिया प्रालिले निर्माण गरेको हो । यसअघि केही छोटा फिल्म र वृत्तचित्र निर्माण गरेका थापाको यो डेब्यु निर्देशकीय प्रोजेक्ट हो ।

निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । दीपक बज्राचार्यको छायांकन छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा बनेको फिल्मले दशक लामो सशष्त्र द्वन्द्वको समयमा युवायुवतीको एक जोडीबीच अंकुराएको प्रेमकथा पेश गर्छ । एसडी योगी र छान्जु पार्कको संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ । काफिया फिल्म्सले नेपाल वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?