
२६ भदौ, काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहणका लागि बुधबारसम्म ३२ टोलीका ३२९ जनाले आरोहण अनुमति लिएका छन् । यसमध्ये सर्वाधिक संख्या मनास्लु हिमालमा छ ।
मनास्लुमा २५ टोलीका २९० जनाले आरोहण अनुमति लिइएका छन् । जसमध्ये ८० जना महिला छन् ।
द्यौलागिरी हिमालमा १ टोलीका १४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
पुथा हिउँचुलीमा दुई टोलीका ९ जना, अन्नपूर्ण चौथो र पुङ्गी हिमालमा एक/एक टोलीका ५/५ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।
यो सिजनमा विभागले ३ करोड ७४ लाख रुपैयाँ आरोहण रोयल्टी संकलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4