३१ भदौ, धनगढी । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पु गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4