+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कर्मचारी भर्ना प्रक्रिया चाँडो नगरे सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १४:२४

१८ असोज, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सन्चालन भएको आरोप लगाएका छन् ।

विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनमा उल्लेख भए अनुसार आफ्नै कर्मचारी क्रमशः राख्न छोडेर भएका कर्मचारीलाई सरुवा गरी भ्रष्ट कर्मचारीलाई लैजाने प्रकृया रहेको आरोप लगाएका छन् ।

‘आयोगमा आठ महिनाभन्दा बढी समयसम्म निर्देशकहरू नियुक्त नहुँदा पनि कुनै पहल नगरेका आयोगका उपाध्यक्षले विचौलियासँगको मिलोमतोमा ८० प्रतिशत उपसचिव लगायत १० जना कर्मचारीलाई एकैपटक सरुवा गराई आयोगको संस्थागत स्मृतिलाई नामेट गर्ने प्रयत्न गर्दैछन्,’ विज्ञप्तिमा भनिएको छ ।

उनले आयोगले आफ्नै कर्मचारी भर्ना प्रकृया यथासक्य चाँडो नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । ऐनमा प्रावधान भए बमोजिम क्रमशः आयोगको आफ्नै कर्मचारी नियुक्त गर्ने प्रक्रिया यथासक्य चाँडो सुरू नगरी ऐनद्वारा स्वायत्त निकायका रुपमा स्थापित संस्थालाई मन्त्रालयको एउटा शाखाको रुपमा परिणत गरी अहिलेसम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आयोगले गरेको सुधारका कार्यहरू सुनियोजित ढंगले उल्टाउने प्रयास भएको उनको आरोप छ ।

आयोगका पदाधिकारीहरुले एनको मर्म अनुरुप काम नगरेको, मापदण्ड मिचेको र पूर्वाधार पुरा नभएका निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको आरोप पनि लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?