+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
५८ बलमा १६ रन आवश्यक
विराटनगर किंग्स 2025
132/3 (10.2)
Shares

क्याबिन क्रुको उमेर हद ५० वर्ष पुर्‍याउन सरकार तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १६:४१
पर्यटनमन्त्री बद्री पाण्डे ।

१९ असोज, काठमाडौं । सरकारले विमान परिचारक/परिचारिका (क्याबिन क्रु) को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्‍याउन तयार भएको छ ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रुहरुले आफूहरुमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाइ राखेकामा सरकाुरले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।

हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष छ, आफूले निगम व्यवस्थापनलाई त्यो व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

‘उमेर हद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा । त्यसले मर्कामा परेको, त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्ने कुरा राख्नुभयो । आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निस्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौं’, उनले भने ।

क्याबिन क्रुको उमेर ५ वर्ष थप्दा उनीहरुको अनुभवबाट निगमले धेरै फाइदा लिन सक्ने मन्त्री पाण्डेले बताए ।

‘उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ’, उनले भने ।

मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक/परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धता जनाएका मन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?