+
+

लग्जरी गाडीको लिगेसी : लक्ष्मी प्रिमियम मोटर्स

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते २०:५४

काठमाडौं । नेपालको ठूलो मध्येको एक व्यावसायिक घरना हो ‘लक्ष्मी ग्रुप’ । ५ दशक अगाडिदेखि व्यवसाय सुरु गरेको यो ग्रुपले आज नेपालका उद्योगदेखि व्यापार क्षेत्रसम्म आफ्नो दायरा विस्तार गरिसकेको छ ।

पोखराबाट मिठाइ, पुस्टकारी पसलबाट सुरु भएको लक्ष्मी ग्रुपको अहिले २० वटा कम्पनी पुगिसकेको छ । १७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने यो ग्रुप अन्तर्गत लक्ष्मी प्रिमियम मोटर्स,  सुजल फुड प्रालि, सुजल डेरी प्रालि, सुजल प्लास्टिक, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाईको आधिकारिक विक्रेता), इसुजु, सिद्धि लक्ष्मी स्टिल्स, जयमाँ इन्टरकन्टिनेन्टल जस्ता चर्चित उद्योग र विजने रहेका छन् ।

नेपालमा गाडीको संख्या बढेसँगै लक्ष्मी ग्रुपको लक्ष्मी प्रिमियम मोटर्स स्थापना भयो । २०६३ सालदेखि अटोमोबाइल्स व्यसाय सञ्चालन गर्दै आएको ग्रुपले २०६६ सालदेखि नेपालका लागि हुन्डाईको आधिकारिक वितरकको रूपमा रहँदै आए पनि मंसिर २०७७ सालमा नेपालमै पहिलो पटक बीएमडब्लूको डिलरसिप ल्यायो ।

नेपालको लग्जरी र प्रिमियम गाडीको बजारमा अहिले लक्ष्मी प्रिमियम मोटर्सले ‘लिड’ गरिरहेको छ । यसो त लक्ष्मी अटो मोबाइल इसुजुको कमर्सियल गाडीमा धेरै राम्रो वितरक हो । हालसालै नाडा अटो शो २०२४ देखि चाइनिज ब्रान्डको ईभी ‘केई’ पनि नेपाल भित्र्याएको छ ।

‘बीएमडब्लू प्रिमियम गाडीको लिडर’

लक्ष्मी प्रिमियम मोटर्सका सेल्स हेड रहेका प्रवोध श्रेष्ठ नेपालमा अहिले प्रिमियम गाडीको लिगेसीको लिडर ग्रुपको रहेको बताउँछन् ।

श्रेष्ठका अनुसार प्रिमियम गाडी बीएमडब्लूको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्स हो । नेपालमा बीएमडब्लू लन्च गर्नुभन्दा अगाडि पनि फाट्फुट्ट प्रिमियम गाडी आइरहेकै थियो । जब लक्ष्मी ग्रुपले सोरुम खोलेर ३ वर्षको बीएमडब्लूको  सेल्स सर्भिस सुरु गर्‍यो त्यसपछि नेपालमा प्रिमियम गाडीको माहोल नै फेरियो ।

‘हामीले बीएमडब्लूको पार्ट पूर्जा सहितको सोरुम राखेर २०२० देखि सञ्चालन गर्न थाल्यौं । यहाँको माहोल नै फेरियो । बीएमडब्लू जस्तो प्रिमियम गाडीमा माको एक प्रकारको विश्वास पनि बढ्यो । नेपालमा प्रिमियम गाडी चढ्नेहरूको कन्फिडेन्स नै बढ्यो । एक प्रकारले भन्नुपर्दा हामीले नै प्रिमियमको लिगेसीलाई सुरुवात गरेर यहाँ सम्म ल्याएको भन्नेमा हामी गर्व गर्छौं,’ श्रेष्ठ भन्छन् ।

प्रिमियम गाडीमा धेरैले बीएमडब्लूको फुट स्टेप फलो गर्छन् । ‘लक्जरी सेग्मेन्टमा लिस्ट मार्केट इन नेपाल तर नेपालमा सबै गाडीको तुलना गर्दा चाहिँ मार्केटमा हाम्रो हिस्सा सानो हुन्छ । लग्जरी र प्रिमियम गाडीमा चाहिँ हामीले नै नेतृत्व गरिरहेका छौं,’ श्रेष्ठ भन्छन् ।

उनले भने जस्तै बीएमडब्लू विश्वभरि नै लिगेसी बोकेको गाडी हो । ‘हामीसँग भएको सबै गाडी बुक, केही गाडी प्रि–अर्डर यसले पनि यसको ब्रान्ड र यसले दिने पर्फमेन्स देखाउँछ’ उनी भन्छन् । विश्वभरिमै प्रिमियम गाडीमा ६०/७० प्रतिशत मार्केटको हिस्सा नै लिएर बसेको श्रेष्ठके दाबी छ  ।

नेपालको कुरा गर्ने हो भने प्रिमियममा पहिलो नम्बरको गाडी बीएमडब्लू नै हो । अहिले चिनियाँ लगायत ब्रान्डले प्रिमियम दाबी गरेपनि बीएमडब्लूको प्रतिस्पर्धीको रूपमा कम्पनीले चिनियाँ गाडीलाई लिने गरेको छैन ।

नेपालमा छन् १० मोडल

‘अहिले हामीले एक्स वानदेखि एक्स सेभनसम्मको गरी ८ वटा पेट्रोलियम र हाइब्रिड रहेको छ भने २ वटा ईभी सेग्मेन्टमा बेचिरहेका छौं । जम्मा गरेर १० वटा मोडलका गाडी बेचिरहेका छौं,’ श्रेष्ठ भन्छन् ।

उनका  अनुसार  अहिले  नेपालमा बीएमडब्लुको एक्स वन , एक्स टू , एक्स थ्री, एक्स  फोर पेट्रोल भेरियन्टमा रहेको छ ।  यस्तै एक्स फाइभ हाइब्रिड मोडलमा रहेको छ जुन पेट्रोल र चार्ज दुवैबाट चल्छ ।  । सेडानमा फाइभ सिरिज  छ  जुन प्लगइन हाइब्रिड हो । सभेन सिरिज प्लगिन हाइब्रिड पनि हो ।  नेपालमा अहिले ईभीमा बीएमडब्लूको आइएक्स वन र आइएक्स थ्री रहेका छन् ।

उनले लक्ष्मी ग्रुपले बिएमडब्लूको नयाँ गाडी ल्याउने योजना सुनाए । ‘चाँडै अहिलेको भन्दा अझै माथिको रेन्जमा ल्याउन खोज्दैछौं । फरक फरक किसिमको जसरी अहिले आईएक्स वान, आईएक्स थ्री ल्यायौं । आईएक्स,आईसेभन पनि हाम्रो प्लानिङमा रहेको छ,’ उनले भने ।

श्रेष्ठ भन्छन्- विश्वभरि नै बीएमडब्लूको बिक्री र बिक्री पछिको सेवाको एउटा स्ट्यान्डर्ड हुन्छ । नेपालले  त्यसलाई नै फलो गरेको श्रेष्ठको भनाइ छ । ईभीमा भने १२ हजार किलोमिटर वा एक वर्ष यसको सर्भिसिङ अवधि हुन्छ । ईभीमा यसमा इन्जिन तेल मोबिलको खर्च हुँदैन ।

‘बीएमडब्लू ठूलो लगानीको गाडी हो  तर बिक्री पछिको सर्भिसिङको कुरा छ, यसमा ग्राहक ढुक्क भए हुन्छ, ढुक्क पनि छन् । बीएमडब्लूको सबै इन्जिनियर, टेक्नेसियन सबै क्वालिफाइड भएकाले ग्राहकहरू ढुक्क हुन्छन्,’ उनी दाबी गर्छन् ।

बीएमडब्लूले आफ्ना ग्राहकलाई दिने कन्फिडेन्स जति अरू ब्रान्डले दिन नसक्ने उनको दाबी छ । ‘बीएमडब्लू चढ्ने सबै खुसी छन् यसले पनि ब्रान्डले दिएको कन्फिडेन्सलाई पुष्टि गर्छ । हाम्रोमा एक्सचेन्ज अफर डाइरेक्ट छैन । कसैसँग पनि हाम्रो टाइअप छैन । हामीसँग जोडिएका रिकन्डिसन, बायरहरूसँग कनेक्सन गराइदिन्छौं,’ उनले भने ।

बीएमडब्लू किन्दा ईभी तर्फ २० प्रतिशत डाउन पेमेन्ट दिएर ८० प्रतिशत फाइनान्स गर्न सकिन्छ । यस्तै पेट्रोलियम तर्फ भने ५० प्रतिशत फाइनान्स हुन्छ भने ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने उनी सुनाउँछन् ।

बीएमडब्लूको  ईभी कस्तो छ ?

यो वर्ष मात्रै आएको लग्जरी सेग्मेन्टमा आईएक्स वानको माग धान्नै गाह्रो रहेको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ । १ करोड ६० लाख रुपैयाँ रहेको यो ईभीको  जर्मनी लग्जरी ब्रान्ड बीएमडब्लूको सबैभन्दा कम मूल्यको एसयूभी हो  ।

‘नेपालका लागि  यो  साइज र मूल्यमा  बीएमडब्लूको  गाडी पाउँदा ग्राहक झुम्मिएका छन,’ यसको  जेनेरेसन ५ ब्याट्रीप्याक तथा लेटेस्ट अपरेटिङ सिस्टम रहेको छ । लग्जरी प्रिमियम ईभीमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स पाउनु पनि यो आकर्षणको केन्द्र बन्नुको कारण हो,’ सेल्स हेड श्रेष्ठ भन्छन् ।

सेफ्टी रेटिङ मा ५ स्टार रेटिङ  पाएको यो ईभीमा १५० किलोवाट पिकपावर भएको मोटर रहेको छ जसले  २४७ न्युटन मिटर टर्क दिन्छ । आईएक्स वान ले ८.६ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिन सक्छ जसको टप स्पिड १७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीका अनुसार यसमा ६६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीप्याक  रहेको छ ।  एक पटकको फुल चार्जमा ४७५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

ककपिटमा टच र भोइस कन्टोल गर्न सकिने  यो ईभीमा  जोन अनुसार अटोमेटीक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा , १२ वटा स्पिकर सहितको हर्मन कार्डनको म्युजिक सिस्टम रहेको छ ।  यसमा लेन किप असिस्ट, अडाप्टिभ स्पिड कन्ट्रोल सिस्टम, रिभर्सिङ असिस्ट सिस्टम, पार्किङ असिस्ट सिस्टम जस्ता आधुनिक र प्रिमियम फिचर रहेका छन् ।

यस्तै नेपालमा बीएमडब्लूको इलेक्ट्रिक एसयूभी आईएक्स–३ एक वर्ष अगाडि नै  सार्वजनिक भएको हो ।  प्रिमियम फिचर, सुरक्षा र उत्कृष्ट रेन्ज आईएक्स–३ को सबैभन्दा उत्कृष्ट फिचर रहेको कम्पनीको भनाइ छ ।

यसमा ८० किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ४६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । कम्पनीका अनुसार ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिने छ । यसमा २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ प्रविधि प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ‍र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?