+

जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त

२०८१ असोज  २१ गते १८:३४ २०८१ असोज २१ गते १८:३४
जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त

२१ असोज, काठमाडौं। पूर्वब्याटर सनथ जयसूर्या श्रीलंका क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । गत असारमा अन्तरिम मुख्य प्रशिक्षक बनेका उनलाई श्रीलंकाले २०२६ मार्चसम्म मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

उनको मुख्य प्रशिक्षकमा श्रीलंकाले जुलाईमा घरेलु मैदानमा भारतसँगको तीन टी-२० आई खेल २-० ले गुमाएको थियो । तर तेस्रो टी२० आई खेल टाइ भएको थियो । तीन ओडीआई खेलको सिरिज श्रीलंकाले २-१ ले जितेको थियो ।

भारतविरुद्ध श्रीलंकाले २७ वर्षपछि ओडीआई सिरिज जित्न सफल भएको थियो। सप्टेम्बरमा तेस्रो खेलमा टेस्ट टोली इंग्ल्यान्डलाई उसकै घरमा हराउन सफल भएको थियो । अघिल्लो साता दुई टेस्ट खेलको सिरिजमा न्युजिल्यान्डविरुद्ध क्लिनस्वीप गर्न सफल भएको थियो ।

एकपछि अर्को राम्रो प्रदर्शन गरेपछि श्रीलंकाले उनलाई मुख्य प्रशिक्षक बनाउने निर्णय लिएको हो । जयसूर्याले श्रीलंकाबाट तीनै संरचनामा ५८६ खेलमा २१ हजार ३२ रन बनाउनुको साथै ४४० विकेट लिएका छन् । एक समय विश्व क्रिकेटका उत्कृष्ट ओपनर उनी पछिल्लो समय श्रीलंका छनोटकर्ता र सल्लाहकारको रुपमा काम गर्दै आएका थिए ।

आईसीसी टी–२० विश्वकप २०२४ मा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि श्रीलंका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले पदबाट राजीनामा दिएका थिए ।

सनथ जयसूर्या

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय