+
+

बुसानमा नेपालका छायांकन स्थलको प्रचार, बोर्डले पटकथा संग्रहालय बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १४:२२

काठमाडौं । चलचित्र विकास बोर्डले पटकथा संग्रहालय स्थापना गर्ने भएको छ । उक्त संग्रहालयमा सार्वजनिक प्रदर्शनमा आइसकेका फिल्मलाई डिजिटल आर्काइभिङ गर्न लागिएको बोर्डद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

बोर्डले प्रदर्शन भइसकेका फिल्मका निर्मातालाई पटकथा समेत उपलब्ध गराउन आग्रह गरेको छ । पटकथासहित फिल्मको पोस्टर समेत उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।

अध्यक्ष दिनेश डिसीले घरेलु फिल्मको इतिहासलाई अभिलेख गर्ने कार्यको थालनी सुरु गरिएको बताए । ‘पटकथा संकलन कार्यले अभिलेखसँगै इतिहासलाई सुरक्षित र जीवन्त राख्छ’ उनले भने ।

बुसानका अध्यक्षलाई छायांकन पुस्तक प्रदान

यसैबीच, दक्षिण कोरियामा आयोजना भइरहेको प्रसिद्ध बुसान फिल्म फेस्टिभलमा पुगेका अध्यक्ष डिसीले त्यहाँ नेपालका छायांकन गन्तव्यको प्रवर्द्धन गरेका छन् । बुसानमा नेपालका छायांकन लोकेसनको भिडियो प्रस्तुति दिंदै उनले बुसान अध्यक्ष काङ सुङक्युलाई ‘फिल्मिङ इन नेपाल’ पुस्तक समेत प्रदान गरेका छन् ।

‘उहाँहरुले नेपालका लोकेसनबारे चासो पनि दिनुभयो र यहाँका गन्तव्यको प्रशंसा समेत गर्नुभयो’ बुसानबाट डिसीले अनलाइनखबरसँग भने, ‘नेपाललाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने कार्यलाई हामी तीव्रता दिन्छौं ।’

यसपटकको बुसान संस्करणमा नेपाली फिल्म ‘पूजा, सर’को एसिया प्रिमियर गरिएको छ । फिल्मको टोली नै अहिले बुसानमा छ । त्यहाँको स्क्रिनिङमा फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको निर्माता रामबाबु गुरुङले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?