+
+

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १७:२६

२२ असोज, बुटवल । बुटवल बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवरको मृत्यु भएको हो ।

सोमबार साँझ पाल्पाको तिनाउ गाउँपालिका २ मा पर्ने नुवाकोटमा बास बसेर मंगलबार बिहान उनीहरु लु ४१ प २०१० नम्बरको मोटरसाइकलमा बुटवल फर्कंदै थिए ।

बुटवल– १३ मा पर्ने नुवाकोट भ्यू प्वाइन्ट निर आउँदा मोटरसाइकल सडकबाट ६० मिटर तल खस्दा चालक र पछाडि सवार दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर धर्मराज खत्रीले बताए ।

उक्त स्थानमा केही महिनाअघि भएको कार दुर्घटनामा एक पुरुष र ३ जनाको ज्यान गएको थियो । नुवाकोटमा सिद्धार्थ केबलकारको माथिल्लो स्टेशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?