+

साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

२०८१ असोज  २२ गते १७:३६ २०८१ असोज २२ गते १७:३६
साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

२२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारीको अवस्थाबारे जानकारी गराएको हो ।

सबै नेपाली अहिले सबैभन्दा ठूलो चाड दशैँको माहोलमा झुमेको बेला महिला फुटबल टोली भने साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ ।

च्याम्पियन्सिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने तय छ ।

सहभागिता टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको जंगी अड्डा भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले बताए ।

प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख ८०० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

च्याम्पियनसिपको पहिलो खेल कात्तिक १ गते भारत र पाकिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने कात्तिक २ गते भुटानसँग खेल्दै साफ यात्रा सुरु गर्नेछ ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । अहिलेसम्म नेपालले साफको उपाधि जित्न सकेको छैन । यस पटक च्याम्पियन बन्ने लक्ष्य रहेको र त्यसका लागि टिम तयार रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

तामाङको प्रशिक्षणमा हाल २७ खेलाडी बन्द प्रशिक्षणमा छन्  । त्यसबाट अन्तिम टोली छनोट गरिनेछ ।

एन्फा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय