+
+

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १२:०६

२२ असोज, काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो ।

आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको हो । ‘समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

गत १० असारमा पनि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।

सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन ।

टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?