+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपालका अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २९ गते १२:४५

२९ असोज, मोरक्को । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन ४६ औं वर्ल्ड कांग्रेसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुन: निर्वाचित गरेको छ ।

अक्टोबर १३ बाट सुरू भएको ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो ।

विश्व स्तरमा यातायाततर्फकोट्रेड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।

फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न वल्र्ड कांगे्रसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सन्जाल छ । करिब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उडडयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायात गरि नौं क्षेत्रका श्रमीकहरु समावेश छन् ।

विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशनसंग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय कानुन बनाउने ,श्रमिक हक अधिकारका लागि गतिविधी हरुसन्चालनगर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।

निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।

अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका छन् ।

अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति सुरू गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलव्धीबम रुपकम लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रतिक्रिया दिए ।

विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औं वर्ल्ड कांग्रेसको समापन भने अक्टोबर १९ मा हुनेछ ।

त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधीका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?