+
+

नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माबीच कपिलवस्तुमा भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २९ गते १३:०१

२९ असोज,बुटवल। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो ।

दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पुर्व माओवादी घटकहरुका विषयमा कुराकानी भएको विप्लवको सचिवालयका सदस्य एवं नेकपा कपिलवस्तु सेक्रेटरी विनोद सीले जानकारी दिए।

विप्लव र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको सेक्रेटरी विनोदले जानकारी दिए । दुई नेताबीचको छलफलमा अधिकांश विषयमा समान धारणा रहेको र छलफल सकारात्मक भएको उनले जानकारी दिए।

छलफलपछि उपमहासचिव शर्माले नेकपाले शिवगढीमा गरेको सामूहिक धान खेती र कृषि कम्यूनको पनि अवलोकन गरेका छन्। कृषि कम्यूनको अवलोकनपछि उपमहासचिव शर्माले नेकपाले शुरु गरेको सामूहिक खेतीबाट माओवादी केन्द्र र अरु दलले पनि सिक्नुपर्ने धारणा राखेको सेक्रेटरी विनोदले जानकारी दिए।

दुई दिन अघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समेत कपिलवस्तु पुगेर विप्लवसंग राजनीतिक छलफल गर्नुका साथै सो पार्टीको कृषि कम्यून अवलोकन गरेका थिए।

भुसालले नेपालका राजनीतिक दलहरुलाई दलाल पुंजिपति वर्गको प्रभाव र दवावबाट मुक्त गरी आत्मनिर्भर बनाउन विप्लवबाट सिक्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?