+
+

बेलायतमा भएको सैन्य अभ्यासमा नेपाललाई तेस्रो पटक स्वर्ण पदक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २९ गते १२:५९

२९ असोज, काठमाडौं। बेलायतमा भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाले तेस्रो पटक स्वर्ण पदक जितेको छ ।

सैनिक प्रवक्ता गौरव कुमार केसीका अनुसार, २३ असोजदेखि २५ असोजसम्म भएको अभ्यास ‘क्याब्रियन पट्रोल’ २०२४ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक पाएको हो ।

नेपाली सेनाले यसअघि सन् २०१७ र २०१९ मा पनि यो पदक पाएको थियो ।

यो अभ्यासमा बेलायतसहित ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि सहभागिता जनाएको केसीले बताए ।

यो अभ्यासमा दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको उपकरण, बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरि पार गर्नुपर्छ । त्यसक्रममा सहभागी टोलीको लडाइँको तयारी, खबर संकलन, घाइते, विरामीको व्यवस्थापन लगायतका दक्षताहरुको पनि परीक्षण गरिन्छ ।

स्वर्ण पदक वितरण समारोहमा नेपाली सेनाका उपरथी दिपककुमार बानियाँ समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?