+
+

समस्याग्रस्त १० सहकारीका बचतकर्ताले १५ दिनभित्र छुट मागदाबी पेस गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १३:५०
फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । समस्याग्रस्त घोषित १० सहकारी संस्थाका बचतकर्ताले मागदाबी पेस गर्न छुटेको भए समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ दिनको मौका दिएको छ ।

समितिले बिहीबार सूचना प्रकाशित गर्दै अन्तिम पटक छुट दाबीका लागि १५ दिनको समय दिएको हो ।

छुट दाबी पेस गर्नेले पहिले मागदाबी पेस गर्नेको बचत रकम फिर्ता भएपछि बाँकी हुन आएको रकमबाट मात्रै दामासाहीमा बचत फिर्ता हुने समितिको सूचनामा उल्लेख छ ।

‘अनलाइन मागदाबी पेस गर्न दुई पटक सूचना प्रकाशित गर्दा पनि आफ्नो दाबी पेस गर्न छुट हुन गएको भनी गुनासो आएकाले पहिले प्रकाशित सूचना बमोजिम दाबी गरेका बचतकर्ताको दायित्व भुक्तानी भइसकेपछि असुली भई बाँकी हुन आएको रकममा बचतकर्तालाई दामासाहीले वितरण गर्न सकिने गरी अन्तिम पटक १५ दिने छुट दाबीका लागि मौका दिई यो सूचना प्रकाशित गरिएको छ,’ समितिको सूचनामा छ ।

समस्याग्रस्त सहकारी संस्थाका सदस्य, बचतकर्ता तथा साहुहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी पेस गर्न राष्ट्रिय पत्रपत्रिकामा प्रथम पटक ३५ दिन र दोस्रो पटक १५ दिन दिई आफ्नो दाबी पेस गर्न सूचना प्रकाशित भएको समितिले जनाएको छ ।

उक्त सूचना अनुसार मागदाबी पेस नगर्नेलाई उक्त समयमा मागदाबी पेस गर्नेको बचत फछ्र्योट भएपछि असुल भएको रकमबाट मात्रै बचत फिर्ता हुने समितिले जनाएको छ ।

समितिले तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र नेपाल वित्तीय सहकारी संस्थाका बचतकर्तालाई छुट मागदाबी पेस गर्ने अवसर दिएको हो ।

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?