+

अमेरिकाविरुद्ध नेपालको मध्यम सुरुवात

२०८१ कात्तिक  २ गते ६:१६ २०८१ कात्तिक २ गते ६:१६
अमेरिकाविरुद्ध नेपालको मध्यम सुरुवात

२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकाविरुद्ध मध्यम सुरुवात गरेको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११.४ ओभर सकिंदा ३ विकेट गुमाउँदै ८५ रन बनाएको छ । आसिफ शेख र अनिल शाह २७/२७ रनमा आउट भएका छन् भने कुसल भुर्तेल १० रनमा आउट भएका छन् ।

रोहित पौडेल र गुलशन झा क्रिजमा छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल, रिजन ढकाल र करण केसी ।

पहिलो टी२० आई खेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय