काठमाडौं । विश्व संगीतको चर्चित म्यागजिन बिलबोर्डले २१ औं शताब्दीका महान् पपस्टारको सूची सार्वजनिक गर्न थालेको छ । पहिलो चरणमा ९ देखि २५ औं स्थानसम्मका पपस्टारको सूची सार्वजनिक भएको छ ।
सूचीको नवौं स्थानमा एरियाना ग्रान्डे छिन् । १० औं स्थानमा एडेल, ११ औं स्थानमा अशर, १२ औंमा एमिनेम, १३ औंमा निकी मिनाज, १४ औंमा जस्टिन टिम्बरलेक, १५ औंमा माइली साइरस, १६ औंमा जे–जेड छन् ।
सत्रौंमा सकिरा, अठारौंमा द विकेन्ड, १९ औंमा बीटीएस, २० औंमा ब्रुनो मार्स, एक्काइसौंमा लिल वेन, बाइसौंमा वान डाइरेक्सन ब्याण्ड, तेइसौंमा ब्याड बन्नी, चौबीसौंमा एड शीरन, पच्चीसौंमा केटी पेरी छन् ।
एकदेखि आठौं स्थानसम्मको सूची भने चाँडै सार्वजनिक हुने बिलबोर्डले जनाएको छ । ‘यी पपस्टार जो पछिल्लो २५ वर्षयता सबैभन्दा धेरै पप स्टारडमलाई परिभाषित गरेका छन् । यस अवधिमा उनीहरुले हामीलाई पप महानताको उदाहरण पनि दिएका छन्’ बिलबोर्डले भनेको छ ।
प्रतिक्रिया 4