+

नेपाल ट्रायथलन अध्यक्षलाई स्पेनमा विशेष सम्मान

२०८१ कात्तिक  ४ गते १६:५६ २०८१ कात्तिक ४ गते १६:५६
नेपाल ट्रायथलन अध्यक्षलाई स्पेनमा विशेष सम्मान

४ कात्तिक, काठमाडौं । विश्व ट्रायथलनको सर्वोच्च संस्था वर्ल्ड ट्रायथलनले आइतबार स्पेनमा भइरहेको ३८औं महाअधिवेसन तथा वर्ल्ड ट्रायथलन च्याम्पिनयसिपको अवसरमा नेपाल ट्रायथलन र यसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई विशेष सम्मान गरेको छ ।

वर्ल्ड ट्रायथलनका अध्यक्ष मारिसोल कासाडोले आफ्नो १६ वर्षको कार्यकाल पूरा भएको अवसरमा संघ र श्रेष्ठलाई विशेष कार्यक्रमबीच सम्मान गरेको हो । सम्मान हुने अन्य ट्रायथलन संघका अध्यक्षमा नेपालसँगै जापान, स्पेन, क्युवा र मोरक्को रहेका छन् ।

विश्व ट्रायथलनका १ सय ५४ देशमध्ये ती ६ देशलाई खेलको विकासमा विशेष योगदान दिएकोमा चयन गरिएको हो । दक्षिण एसियाली ट्रायथलनका प्रतियोगिता लगातार नेपालमै मात्र आयोजना भइरहेको छ ।

सन् २०१२ देखि दक्षिण एसियाली ट्रायथलन र सन् २०१९ देखि एसिया कप ट्रायथलन नेपालमै भइरहेको छ । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पनि महासचिव हुन् र उनी लामो समयदेखि नेपाली ट्रायथलनको विकास र विस्तारमा सक्रिय रहेका छन् ।

यस्तै उनी दक्षिण एसियाली ट्रायथलनका अध्यक्ष तथा एसियन ट्रायथलन अध्यक्षका सिनियर सल्लाहकार समेत हुन् ।

निलेन्द्रराज श्रेष्ठ नेपाल ट्रायथलन संघ वर्ल्ड ट्रायथलन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय