+

क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन

२०८१ कात्तिक  ६ गते ७:३७ २०८१ कात्तिक ६ गते ७:३७
क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन

६ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

क्रिस उडको निर्णायक गोलमा फरेस्टले ३ अंक जोडेको हो । प्यालेसको भने जितविहीन यात्रा ८ खेलसम्म पुगेको छ । यो हारले प्यालेसलाई अझ दबाव थपिएको छ ।

घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन उडले ६५औं मिनेटमा गोल गरेका थिए ।

जितपछि नटिङहम फरेस्ट ८ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

जितविहीन प्यालेस ८ खेलबाट ३ अंकसहित १८औं स्थानमा छ । यस सिजन पाँचौ हार व्यहोरेको प्यालेस ३ बराबरीबाट ३ अंक जोडेको थियो ।

अंक तालिकामा प्यालेस पछि रहेको साउथह्याम्पटन र वल्भसको समान १ अंक छ ।

 

क्रिस्टल प्यालेस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय