+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

छविलाल जोशीसँग साढे ७ घण्टा बयान, ५७ प्रश्नमा सवालजवाफ

टोपराज शर्मा टोपराज शर्मा
२०८१ कात्तिक ६ गते १९:५५

६ असोज, बुटवल। गोरखा मिडिया नेटवर्क प्रालिका संचालक एवम् पूर्वडीआइजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ।

सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीलाई हिजो प्रारम्भिक सोधपुछ गरिएकोमा मंगलबार दिनभर बयान गरिएको हो ।

जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका हुन् ।

बिहान ११ बजेदेखि बयान सुरु गरी साँझ साढे ६ बजे सम्म बताउन लिइएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। उनले भने,‘तत्कालका लागि जोशीजीको बयान सकिएको छ। पीडितको जाहेरी र संसदीय छानविन समितिले दिएको निर्देशन अनुसार बयान लिने काम भएको हो।’

जिल्ला न्यायाधिवक्ता पौडेलले जोशीमाथि लागेका आरोपबारे ५७ वटा प्रश्न सोधिएको जानकारी दिए । ‘उहाँले सहज रुपमा बयान दिनुभयो। अहिलेलाई बयान सकिएपछि प्रहरीले यहाँबाट बाहिर लगेको छ’, उनले भने ।

पूर्वगृहमन्त्री रवि लामिछाने र संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईबारे बयानमा जोशीले के भने भन्ने जिज्ञासामा उनले अहिले केही खुलाउन नमिल्ने बताए । उनलाई बुधबार पोखरा पठाइनेछ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा जोशी पक्राउ परेका थिए । सुप्रिम सहकारी ठगीमा पनि जोडिएका उनलाई बयानका लागि यहाँ ल्याइएको हो । सोमबार रुपन्देही ल्याइएका जोशीको दुई दिन लगाएर बयान गरिएको हो ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छाविन समितिले सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ अवैधानिक रुपमा लगिएको तथ्य बाहिर ल्याएको छ। प्रहरीका अनुसार सुप्रिम सहकारीमा १० हजार ३९१ जना सर्वसाधरणको ७८ करोड बढी बचत रकम अपचलन भएको छ।

सुप्रिम सहकारीमा ठगी आरोपमा अहिलेसम्म अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गुरुङसहित केही पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केही फरार छन्।

जोशीको सरकारी वकिल कार्यालमा बयान चलिरहँदा सहकारी पीडितहरुले रुपन्देही जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका थिए । सुप्रिम पीडित संघर्ष समितिमार्फत् विरोध प्रदर्शन गरिएको हो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?