
७ कात्तिक, काभ्रे। बीपी राजमार्गमा आजदेखि २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै आजदेखि २४सै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने जनाएको हो ।
बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।
धुलिखेल-भकुण्डे खण्डमा २४ सै घण्टा सवारीसाधन सञ्चालनमा आएपनि नयाँ खुलेको ठाउॅ चौकीडाडा-बर्खेखोलासम्म बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोकिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारीसाधन चलाउन बन्द गर्ने निर्णय गरेको थियो । उक्त खण्डमा सुख्खा पहिरो तथा खोला बगरमा ट्रयाक भएको, तथा बिभिन्न स्थानमा सडक साघुरो भएकोले सवारी साधन चलाउन रोक लगाइएको थियो ।
विरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो।
हेर्नुहोस् सडक डिभिजनको सूचना
प्रतिक्रिया 4