+
+

सुर्खेतमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १२:३३

८ कात्तिक, सुर्खेत ।सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बिहीबार बिहान बराहताल गाउँपालिका-८ हुड्केमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । चिकित्सकले लगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

मृतक शाही हाल वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । गाडी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२९ जना यात्रु सवार रहेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको डिएसपी विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?