+

भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा, धरान र फ्रिडम फाइटर तथा आर्मी र ठमेल भिड्ने

२०८१ कात्तिक  ९ गते ७:०१ २०८१ कात्तिक ९ गते ७:०१
भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा, धरान र फ्रिडम फाइटर तथा आर्मी र ठमेल भिड्ने

९ कात्तिक, काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजना भइरहेको दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल समीकरण पूरा भएको छ । हाम्रो धरान, फ्रिडम फाइटर, त्रिभुवन आर्मी क्लब र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिल सेमिफाइनल पुगेका छन् ।

बिहीबार मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनलमा हाम्रो धरान भेट्रान टिमले सरस्वतीनगर भेट्रान टिम लाई सडनडेथमा (१०–९) पराजित गरी सेमीफाइनलमा स्थान बनायो । निर्धारित समयमा कुनै पनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा पुगेको हो । धरानका किपर राजेन्द्र धिमाल प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै दोश्रो क्वाटरफाइनल खेलमा फ्रिडम फाईटरले बानेश्वर फ्रेण्डसिपलाई ४–१ ले पराजित गर्यो । फ्रिडमका लागि कृष्ण शाक्य, विकर्ण श्रेष्ठ, दिपक लामा र तेज वहादुर गलामीले गोल गरे । बानेश्वर फ्रेण्डसिपका लागि हरिहर थापाले सान्त्वना गोल गरे । फ्रिडमका प्रकाश रानामगर प्लेयर अफ द म्याच घोषित भए ।

तेश्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले किंङ्गकम स्पोर्ट्स क्लबलाई ५–३ ले पराजित गर्यो । आर्मीका लागि सन्तोष नेपालीले ह्याट्रिक गरे भने हर्कराज गुरुङ र क्याप्टेन शशि किरण रायमाझीले समान एक गरे । आर्मीका क्याप्टेन शशी किरण रायमाझी प्लेयर अफ द म्याच घोषित भए ।

चौथो क्वाटरफाइनलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले एनआरटिलाई ३–०ले हरायो । ठमेलका लागि टासी छिरिङ, भेषराज लिम्बु र मित्र वहादुर बस्नेतले गोल गरे । ठमेलका बुद्धराज लिम्बु प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमिफाइनल दिउँसो १ बजे हाम्रो धरान भेट्रान्स फुटबल क्लब र फ्रिडम फाईटर तथा दोश्रो सेमिफाइनल दिउँसो ३ बजे त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलबीच हुनेछ ।

भेट्रान्स फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय