+

हालान्डको गोलमा सिटी शीर्ष स्थानमा

२०८१ कात्तिक  ११ गते ८:१७ २०८१ कात्तिक ११ गते ८:१७
हालान्डको गोलमा सिटी शीर्ष स्थानमा

११ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ । यो जितपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले खेलको पाँचौ मिनेटमै माथ्युउ नुनेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै जितमा निर्णायक बन्यो ।

जितपछि सिटी ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लिभरपुलको २१ अंक छ ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय