+

यू १७ एसियन कप छनोट : मंगोलियाविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल

२०८१ कात्तिक  ११ गते ११:५१ २०८१ कात्तिक ११ गते ११:५१
यू १७ एसियन कप छनोट : मंगोलियाविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल

११ कात्तिक, काठमाडौं । कतारमा जारी एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार मंगोलियासँग खेल्दैछ । खेल दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

समूह एफमा मंगोलियाविरुद्ध खेल्दा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल र मंगोलिया दुवैले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइँ समेत हुनेछ ।

समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो ।

उता मंगोलिया पहिलो खेलमा कतारसँग २–० ले तथा जापानसँग ७–० ले पराजित भएको थियो ।

नेपालले अहिलेसम्म १४ गोल बेहोर्दा २ गोल गरेको छ । मंगोलियाले भने कुनै पनि गोल गर्न सकेको छैन र ९ गोल खाएको छ ।

यू–१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका १७ वर्ष मुनिका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू–१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू–१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ ।

यु–१७ एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय