१२ कात्तिक, चैनपुर (बझाङ) । बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जिप भोपूरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार सात जना यात्रु चढेको उक्त जिप तीव्र गतीका कारण सडकमै पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका-१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4