+
+

चितवनमा सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँ तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १३:५०

१२ कात्तिक, काठमाडौं । चितवनमा तिहारलाई लक्ष्य गरी सयपत्री तथा मखमली मालाको मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।

भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएसँगै प्लोरिकल्चर एसोसिएसन चितवनले मालाको मूल्य निर्धारण गरिएको जनाएको हो । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फूल खेती भएको तथ्यांक एसोसियसनले सार्वजनिक गरेको छ ।
एसोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा विक्री नगर्न फूल खेती गर्ने, कृषक विक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय ५० कायम गरिएको कृषकले बताएका छन् ।

यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फूलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?