+
+

महोत्तरीमा अनुहार जलेको अवस्थामा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १६:३८

१२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

पिपरा गाउँपालिका- ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५-३० वर्षकी महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार अहिलेसम्म मृतकको पहिचान भएको छैन । बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमाथि सल राखेर जलाइएको  छ । अनुहारको केही भाग जलेको डीएसपी जयसवारले बताए । उनका अनुसार घटनास्थलको प्रकृतिले महिलाको हत्या भएको देखिन्छ ।

महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी जयसवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?