१२ कात्तिक, काठमाडौं । नेपालका अल्ट्रा धावक सुमन कुलुङ राईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ ।
विगत दुई वर्षदेखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवनभर आर्थिक सहयोग गर्ने बताएको छ । यसका लागि एक वर्षको करिब १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दश जना खेलाडीभित्र पर्ने सम्भावना रहेको बताइन् । राईको शारीरिक परीक्षणबाट उनीभित्र खेल सम्भावना देखिएको र नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाइ छ ।
धावक राई पर्यटक गाइडको काम गर्दा दुई वर्ष पहिला फाउण्डेशनका पदाधिकारीसँग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।
फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वर्ल्ड च्याम्पियनशिपमा सहभागी हुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताइन् ।
छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले पनि सहभागी थिए ।
प्रतिक्रिया 4