+
+

निर्मला कुर्मीलाई न्याय माग्दै प्रदर्शनरत समूहसँग गृह मन्त्रालयले गर्‍यो वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १६:१७

१३ कात्तिक, काठमाडौं । नेपालगञ्जबाट बेपत्ता निर्मला कर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार, रुबी खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागी महिलाहरुलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको थियो । त्यसक्रममा केही विषयमा सहमति समेत जुटेको एक अधिकारीले बताए ।

खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरुले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमति समेत गरिसकेको थियो । पाँचौं पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्‍याइदिन माग गर्दै प्रदर्शनमा उत्रिएकी थिइन् ।

खानको समूहले सोमबार सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा समेत धर्ना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?