+

लिग टु क्रिकेट : स्कटल्याण्डलाई हराउन नेपालले १५५ रन बनाउनुपर्ने

२०८१ कात्तिक  १४ गते ०:३२ २०८१ कात्तिक १४ गते ०:३२
लिग टु क्रिकेट : स्कटल्याण्डलाई हराउन नेपालले १५५ रन बनाउनुपर्ने

१३ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले स्कटल्याण्डलाई १५४ रनमा अलआउट गरेको छ ।

डालासस्थित ग्राण्ड प्रेरी मैदानमा नेपालले टस जितेर बलिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै कप्तान रोहित पौडेलको निर्णयलाई सही सावित गरे । स्कटल्याण्डले ४१.४ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । नेपालले जितका लागि अब ५० ओभरमा १५५ रन बनाउनुपर्नेछ ।

स्कटल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गरेका मार्क वाटले सर्वाधिक ३४  रन बनाए । ४० बल खेलेका उनले ३ छक्का प्रहार गरे । स्कटिङ इनिङ्समा छक्का प्रहार गर्ने उनी एक्ला खेलाडी थिए । कप्तान रिची बेरिङ्गटन र माइकल जोन्सले समान १९ रन जोडे । ब्राण्ड म्याकुमलेनले १६, म्याथ्यु क्रसले १५, आन्द्रे उमिद र माइकल लिस्क समान १४ रन बनाएर आउट भए । ब्राड ह्विल ९ रनमा आउट भए भने ओपनर चार्ली टियर र ज्याक जर्भिसले खाता खोल्न सकेनन् ।

स्कटल्याण्डलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नेपालबाट १० ओभर फुल कोटा बलिङ गर्ने एक्ला बलर सन्दीपले १ मेडन राख्दै ४५ रन खर्चे । यस्तै करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । करणले  ९ओभरमा १ मेडन राख्दै २६ तथा गुल्सनले ९ ओभरमा ३३ रन खर्चिए । ८.४ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३२ रन खर्चिए ।  आरिफ शेखले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

पहिलो ओभरदेखि नै नेपालले विकेट लिन थालेपछि स्कटल्याण्ड दबाबमा परेको थियो भने नेपालले नियमित अन्तरालमा विकेट लिएको थियो ।

लिग टु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय