+
+

यो सप्ताहन्त कुन फिल्मले कति शो पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते १४:०२

काठमाडौं । आगामी सप्ताहन्त तिहारको नेपाली बक्स अफिसमा फिल्मको भिडन्त रोचक हुने देखिएको छ । बिहीबार ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शनमा आउँदैछ । दुई भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ शुक्रबारदेखि रिलिज हुँदैछन् ।

यो मेसोमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ चौथो सातामा प्रवेश गर्नेछन् । हलिउडको ‘भेनम ३’ दोस्रो सातामा प्रवेश गर्नेछ । अन्य केही फिल्म पनि हुनेछन् ।

फिल्मको यो बक्स अफिसमा समीकरणमा प्रदर्शकले सोहीअनुसार शोको बाँडफाँट गरेका छन् । अघिल्ला फिल्मको अकुपेन्सी र आउन लागेका फिल्मको चर्चा र कतिपय सूचकको आधारमा हलले शो विभाजन गरिएको जनाएका छन् ।

विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ बिहीबारदेखि आउँदैछ । समाचार तयार पार्दासम्म फिल्मले बिहीबारलाई देशव्यापी १०८ शो प्राप्त गरेको छ । शुक्रबार भने फिल्मले ५६ शो पाएको देखिन्छ । ओपनिङ डेको प्रस्तुतिको आधारमा शुक्रबार शोको संख्यामा थपघट हुनसक्ने अनुमान छ ।

शुक्रबार प्रदर्शन हुन लागेका रोहित शेट्टीको बलिउड कप्स युनिभर्स फिल्म ‘सिंघम अगेन’ले १२१ शो र ‘भुलभुलैया ३’ ले ८३ शो पाएका छन् । चौथो सातामा प्रदर्शन हुन लागेको ‘छक्कापञ्जा ५’ ले बिहीबार ७१ शो र शुक्रबार १७ शो पाएको छ । ‘१२ गाउँ’ले बिहीबार १३५ शो र शुक्रबार ४७ शो पाएको छ ।

हलिउड सुपरहिरो फिल्म ‘भेनम ३’ ले बिहीबार ५६ र शुक्रबार १७ शो प्राप्त गरेको छ । फिल्मले पाएका शो र थपघटको तथ्यांकले फिल्मको उक्त सप्ताहन्तको व्यावसायिक भविष्यको रेखाचित्र स्पष्ट देखिन्छ ।

बिहीबारदेखि सोमबारसम्म तिहार बिदा, बिहीबार छठ पर्व र कात्तिक २४ र २५ गते पनि सार्वजनिक बिदा भएकाले यी फिल्मले हलमा दर्शकलाई आकर्षित गर्ने सम्भावना छ ।

‘पूर्णबहादुरको सारंगी’को भविष्य यसको वर्ड अफ माउथमा निर्भर हुनेछ । धेरैको चासो यतिबेला ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पुनः पिकअप लेलान् भन्नेमा पनि छ ? यसको आकार शुक्रबारदेखि देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?