+
+
WC Series
लुम्बिनी लायन्स 2025
54/1 (6.4)
VS
८० बलमा ७९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालगोपालेश्वर मन्दिरमा सुरु भयो भाइटीका (फोटोफिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ कात्तिक १८ गते १०:१२

१८ कात्तिक, काठमाडौं । दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन आज एकदिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला भएको छ । मन्दिरमा भाइटीका लगाउन बिहानैदेखि भिड लागेको छ ।

यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिन खुलाइने चलन छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।

हेर्नुहोस् थप तस्वीरहरु :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?