
२२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घले लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
क्यानडा र अमेरिकामा नेपालले लिग टु का ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहोर्यो । दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।
क्यानडा र अमेरिका भ्रमणमा रहँदा नेपालले लिग टु का दुई सिरिजका लागि क्यानडामा एक टी२० त्रिकोणात्मक सिरिज र अमेरिकामा घरेलु टोली विरुद्ध टी२० सिरिज खेलेको थियो ।
अमेरिका विरुद्ध तीन खेलको टी२० सिरिज भने नेपालले क्लिन स्वीप नै गरेको थियो ।
मुख्य प्रशिक्षक मोन्टी देशाई भने टिमसँग आएनन् । लामो समय टिमसँग काम गरेपछि मोन्टी छुट्टीमा गएको नेपाली टिमका कन्सल्ट्यान्ट प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4