+

अस्ट्रेलियालाई हराउँदै पाकिस्तानद्वारा सिरिज बराबरी

२०८१ कात्तिक  २३ गते १४:४८ २०८१ कात्तिक २३ गते १४:४८
अस्ट्रेलियालाई हराउँदै पाकिस्तानद्वारा सिरिज बराबरी

२३ कात्तिक, काठमाडौं । अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हराएको हो ।

अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ३ बलमा १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ८२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ६४ रनको अविजित अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका लागि एडम जाम्पाले एकमात्र विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३५ ‌‌ओभरमा अलआउट हुँदै १६३ रन बनाएको थियो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले १९ तथा जोश एङ्लिस र एडम जाम्पाले १८ रन बनाए ।

पाकिस्तानका लागि हारिस राउफले ८ ओभरमा २९ रन दिएर ५ विकेट लिए । त्यस्तै शाहीन अफ्रिदीले ८ ओभरमा २६ रन दिएर ३ विकेट लिए । नसीम साह र मोहमद हसनैनले १-१ विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हराएको थियो भने आजको नतिजासँगै ३ खेलको श्रृंखला १-१ को बराबरीमा आएको छ ।

अस्ट्रेलिया पाकिस्तान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय