+
+

मिस्टर बिस्टका युट्युब भिडियो नेपाली भाषामा हेर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १६:४५

काठमाडौं । सर्वाधिक सब्सक्राइब गरिएका युट्युबर मिस्टर बिस्टका कन्टेन्टलाई अब नेपाली भाषामै हेर्न पाइने भएको छ । मिस्टर बिस्टले फेसबुक मार्फत यसबारे जानकारी दिएका छन् ।

उनको कम्पनी ‘क्रिएटर ग्लोबल’ले नेपाली भाषामा स्वरांकन कलाकार र भाषा संयोजक राखेर नेपाली भिडियो बनाउने जनाएको छ । यो कम्पनीले यसअघि नेपाली अनुवादकका लागि आवेदन खुलाएको थियो ।

उक्त युट्युब च्यानलमा पोस्ट हुने भिडियोमा नेपाली भाषाको विकल्प हुने अपेक्षा गरिएको छ । उक्त पोस्टका लागि खुलाइएको आवेदनमा नेपाली र अंग्रेजी भाषामा पोख्तलाई आवेदन दिन भनिएको थियो । अंग्रेजी भाषाबाट स्थानीयमा भिडियो रुपान्तरण गर्नुपर्ने सर्त उक्त आवेदनमा थियो ।

प्राइम भिडिओमा मिस्टर बिस्टको रियालिटी शो आउने चर्चाबीच यस्तो आवेदन खुलाइएको हो । यो शोमा नेपाली सबटाइटलका भिडियो पनि आउने अपेक्षा गरिएको छ । सबटाइटल मात्र हुने हो कि नेपाली भाषामै डब हुने हो भन्ने बारे यकिन छैन ।

अहिलेसम्मकै ठूलो गेम हुने बताइएको शोमा १० करोड डलर बराबरको पुरस्कार दिइने जनाइएको छ । यो शो १० देखि १२ एपिसोडसम्म निर्माण हुने र विश्वमा धेरै बोलिने भाषा स्वरांकन हुने जनाइएको छ । यो शोको घोषणा गर्न मिस्टर बिस्ट शनिबार भारत जाने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?