+
+

आइफोन १५ बन्यो सर्वाधिक बिक्री हुने स्मार्टफोन, यी हुन् टपटेन लोकप्रिय फोन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २४ गते १४:०४

एप्पलको आइफोन १५ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ । चालु वर्ष सन् २०२४ को पहिलो त्रैमासिकमा सबैभन्दा लोकप्रिय स्मार्टफोनको सूचीमा एप्पलले शीर्ष स्थान कब्जा गरेको हो।

रिपोर्ट अनुसार सूचीको शीर्ष ३ स्थान एप्पलका आइफोनले कब्जा गरेका छन् र त्यसमा आइफोन १५ सिरिजका विभिन्न फोन रहेका छन् । साथै टपटेनको सूचीमा सामसुंगका सबैभन्दा धेरै मोडेल पर्न सफल भएका छन् ।

सन् २०१८ पछि पहिलोपटक तेश्रो त्रैमासिकमा ग्यालेक्सी एस डिभाइस शीर्ष १० भित्र पर्न सफल भएको छ । सर्वाधिक बिक्री भएको शीर्ष १० स्मार्टफोनले कुल स्मार्टफोन बजारको १९ प्रतिशत हिस्सा ओगटेका छन् ।

काउन्टर प्वाइन्ट रिसर्चका अनुसार वर्षको तेस्रो त्रैमासिकमा आइफोन १५ सबैभन्दा धेरै बिक्ने स्मार्टफोन बनेको छ । सूचीको दोस्रो स्थानमा आइफोन १५ प्रो म्याक्स र तेस्रो स्थानमा आइफोन १५ प्रो रहेका छन् । टपटेनका चारवटा स्थान कब्जा गरेको एप्पलको आइफोन १४ सातौँ स्थानमा परेको छ ।

रिपोर्ट अनुसार उच्च मूल्यका स्मार्टफोनको बढ्दो लोकप्रियताले एप्पललाई आफ्नो स्टाण्डर्ड तथा प्रो मोडेलका आइफोनबीचको बिक्रीको अन्तरलाई कम गर्न सहयोग गरेको छ । आइफोनको कुल बिक्रीको आधा हिस्सा प्रो मोडेलले ओगटेको यो पहिलोपटक हो । यसबाट एप्पललाई उच्च मूल्ययुक्त डिभाइस बिक्रीमा सफलता प्राप्त भएको छ ।

पाँच स्थानमा सामसङको कब्जा

तेस्रो त्रैमासिक अवधिमा विश्व बजारमा सर्वाधिक बिक्री भएका टपटेन स्मार्टफोनमध्ये सबैभन्दा धेरै पाँचवटा स्मार्टफोन सामसङका रहेका छन् । त्यसमा चारवटा डिभाइस ए सिरिजका बजेट स्मार्टफोन रहेका छन् । साथै ग्यालेक्सी एस २४ दशौँ स्थानमा रहेको छ ।

सन् २०१८ पछि तेस्रो त्रैमासिकमा टपटेन भित्र पर्न सफल यो पहिलो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । जेनेरेटिभ एआई फिचरका कारण यो स्मार्टफोन प्रयोगकर्ताबीच लोकप्रिय बनेको छ ।

यो सूचिको नबौँ स्थानमा पर्न सफल रेडमी १३ सी एकमात्र चिनियाँ ब्राण्डको फोन हो ।
यी हुन् सन् २०२४ को तेस्रो त्रैमासिकमा सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनः

  • आइफोन १५
  • आइफोन १५ प्रो म्याक्स
  • आइफोन १५ प्रो
  • ग्यालेक्सी ए १५ फोर जी
  • ग्यालेक्सी ए १५ फाइभ जी
  • ग्यालेक्सी ए ३५ फाइभ जी
  • ग्यालेक्सी ए ०५
  • आइफोन १४
  • रेड्मी १३ सी फोरजी
  • ग्यालेक्सी एस२४

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?