+
+

नेपालले मिस अर्थको प्रतिस्पर्धामा अन्तिम २० मा स्थान बनाउन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २४ गते १८:१६

काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थ २०२४ बाट नेपाल बाहिरिएको छ । नेपालले अन्तिम २० मा स्थान बनाउन सकेन । फिनालेमा मिस नेपाल अर्थ सुमना केसीले प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

मनिलामा यतिबेला मिस अर्थ २०२४ को ग्राण्ड फिनाले समारोह भैरहेको छ । मनिला पुगेका द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले पनि नेपालले अन्तिम २० मा स्थान बनाउन नसकेको बताए ।

अष्ट्रेलिया, वेल्स, अमेरिका, नाइजेरिया, दक्षिण कोरिया, रुस, डोमिनिकन रिपब्लिक, मौरिसस, फिलिपिन्स, आइसल्याण्ड, पुएर्तो रिको, कार्बो भिर्दे, युएई, नेदरल्याण्ड्स, पेरु, नामिबिया, थाइल्याण्ड, न्युजिल्याण्ड, क्युवा र पोल्याण्ड अन्तिम २० मा प्रवेश गरेका छन् ।

यसवर्षको विजेतालाई वर्तमान मिस अर्थ द्रिता जिरीले ताज हस्तान्तरण गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?