+

ताजिकिस्तान जाने फुटबल टोलीको बिदाई

२०८१ कात्तिक  २४ गते २३:१५ २०८१ कात्तिक २४ गते २३:१५
ताजिकिस्तान जाने फुटबल टोलीको बिदाई

२४ कात्तिक, काठमाडौं । ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शनिबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटल संघ एन्फाले शनिबार टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो ।

दसई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आईतबार भारत हुँदै ताजिकिस्तान जाने एन्फाले जनाएको छ ।

यसअघि पत्रकार सम्मेलन गरेर टोलीको बिदाई गर्ने चलन रहेपनि शनिबार भने एन्फाले कुनै औपचारिक कार्यक्रम नगरी बिदाई गरेको हो ।

एन्फाले यसपटक टोलीको बिदाई गरेको जानकारी आफ्नै सामाजिक संजालबाट दिएको हो ।

टोलीमा २३ खेलाडीसहित कोचिङ स्टाफ, व्यवस्थापक, अफिसियल र पत्रकार गरी ३६ जना रहेको छ । तर एन्फाले आधिकारिक लिस्ट सार्वजनिक गरेको छैन ।

नेपाली टोलीका अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन् ।

नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र दोस्रो खेल मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौडेल, अन्जल महर्जन

मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड : जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी

फुटबल फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय