+

बर्दिबासले जित्यो वनदेवीमाई गोल्डकपको उपाधि

२०८१ कात्तिक  २५ गते ९:०० २०८१ कात्तिक २५ गते ९:००
बर्दिबासले जित्यो वनदेवीमाई गोल्डकपको उपाधि

२५ कात्तिक, काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका २ सीतापुरमा १२ औं वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि जनसेवी बर्दिबास टिमले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोगक वनदेवी युवा क्लवलाई दुई गोलले पराजित गर्दै गोल्डकपको उपाधि हात पारेको हो ।

उसले गोल्डकपको प्रथम उपाधि १ लाख ५१ हाजार नगदसहित सिल्ड जित्न सफल भएको हो । खेलको निर्धारित समयमै जनसेवी बर्दिबास टिमले २ गोल गर्न सफल भयो भने आयोजक एक गोलसमेत गर्न सकेन ।

फाइनलसम्म खेल्न सफल आयोजक टिम वनदेवी युवा क्लबले गोल्डकपको दोस्रो उपाधि नगद ५५ हजार रुपैयाँसहित सिल्ड जितेको हो । तिहारको अवसरमा स्थानीय वनदेवीमाई खेल मैदानमा कात्तिक १४ गतेदेखि आयोजना भएको गोल्डकपमा ८ वटा टिमले भाग लिएका थिए ।

वनदेवीमाई गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय