+
+

बुटवलमा एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ मंगलबारदेखि

दिपल प्रिबजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्री ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १२:५२

बुटवल । नेपालका लागि दिपल, सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरी ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ आयोजना गर्ने भएको छ ।

एमएडब्लू वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो ।

मेलामा ईभी किन्न चाहने ग्राहकले ७१ लाख ९९ हजारमा रुपैयाँ (प्रिबजेट मूल्य) मा दिपल र  ४५ लाख ४९ हजार रुपैयाँ (नाडा अफर अनुसार) सेरेस गाडी खरिद गर्न सक्ने छन् । साथै नामी ईभी किन्दा ७ किलोवाटको चार्जर समेत फ्री पाउनेछन् ।

साथै, टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ को व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यी अफरबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभका साथै ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सकिन्छ ।

एमएडब्लू वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?