+
+

सुशान्त केसीको ‘बार्दली’लाई युट्युबमा करोड पटक हेरियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १३:२४

काठमाडौं । सुशान्त केसीको नयाँ गीत ‘बार्दली’ युट्युबमा धेरै हेरिने तिहारको गीत बनेको छ । यो गीतले आइतबार बेलुकासम्म एक करोड भ्युजको आँकडा पार गरेको छ ।

मल्टिस्टारर र रोमान्टिक शैलीको यो गीत सुशान्तको आफ्नै गायन शैलीको लागि परिचित छ । ११ कात्तिकमा सुशान्तको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । यो गीत त्यसबेलादेखि नै लगातार संगीत खण्डतर्फ युट्युबको शीर्ष स्थानको ट्रेन्डिङमा छ । यो गीत टिकटक, रिल्ससहितका सामाजिक सञ्जालमा समेत निकै चलेको छ ।

गीतमा शब्द र संगीत सुशान्तकै छ । भिडियोमा उनीसहित निश्चल बस्नेत, स्वस्तिमा खड्का, आना शर्मा, सृष्टि श्रेष्ठ र इन्द्रकला राईको अभिनय छ ।

सुशान्तको अघिल्लो गीत ‘पर्ख न’लाई युट्युबमा अहिलेसम्म तीन करोड २५ लाख, अर्को गीत ‘झ्यालबाट’लाई ३ करोड २९ लाख, ‘रिसाउने भए’लाई ४ करोड ६५ लाखपटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?