 
																			२६ कात्तिक, काठमाडौं । पुल्चोक क्याम्पसमा नमूना राष्ट्रसंघ कार्यक्रम आयोजना गरिने भएको छ । पुल्चोकका विद्यार्थीहरुले उक्त कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
इन्जिनियर्स विथआउट बोडर्सको सहकार्यमा मंसिर १६ देखि १८ सम्म “पुल्चोक नमुना राष्ट्र संघ कार्यक्रम गर्न लागिएको हो । स्नातक तहका विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएर उक्त कार्यक्रम आयोजना हुन लागिरहेको हो ।
कार्यक्रममा पुल्चोक क्याम्पसका मात्र नभई अन्य कलेज तथा क्याम्पसका विद्यार्थीहरुले पनि भाग लिन सक्नेछन्। कार्यक्रममा भाग लिने सहभागीहरुले विभिन्न देशको प्रतिनिधिको रुपमा भूमिका खेली संयुक्त राष्ट्र संघमा गरिने छलफलको बारेमा अभ्यास लिनुको साथ साथै अन्तराष्ट्रिय भूराजनीतिको विषयमा पनि सिक्ने अवसर पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4