+
+

अमेरिकी पर्यावरण दूतले भने : ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु निराशाजनक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १५:५१

२६ कात्तिक, काठमाडौं। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ‘वातावरण दूत’ जोन पोडेस्टाले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुनु जलवायु परिवर्तनसम्बन्धी कदम चाल्न चाहनेहरूका लागि ‘धेरै निराशाजनक’ भएको टिप्पणी गरेका छन्।

जलवायु परिवर्तनका विषयमा अजरबैजानको राजधानी बाकुमा जारी कोप–२९ बैठकको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

‘आउँदा दिनमा हामी एक यस्तो राष्ट्रपतिलाई सत्तामा देख्न गइरहेका छौं जसको जलवायु परिवर्तनसँगको सम्बन्ध ‘ठग’ जस्ता शब्दहरूबाट परिभाषित छ’ उनले भने, ‘उनले वातावरण संरक्षणका लागि चालेका हाम्रा कदमहरूलाई अन्त्य गर्दै अमेरिकालाई फेरि पेरिस सम्झौताबाट फिर्ता गर्न खोजिरहेका छन् ।’

अजरबैजानमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठक विश्वमा बढ्दो तापक्रमको रफ्तारलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रीत छ ।

कोप-२९ को मुख्य उद्देश्य वातावरणमा हानी पुर्‍याउने ग्यासहरुको उत्सर्जन रोक्न कम विकसित देशहरूलाई कसरी थप पैसा जुटाउन सहयोग गर्ने भन्ने विषयमा रहेको छ । साथै जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हुने क्षतिसँग जुध्नका लागि पनि मद्दत पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?