२७ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
मंगलबार बिहान बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले उपनिर्वाचनका लागि निर्वाचनसँग सम्बन्धित कामका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको रास्वपा नेता गणेश पराजुलीले जानकारी गराए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सभापति पक्राउको विषयलाई कसरी उठाउने लगायतमा छलफल भएको पराजुलीले जानकारी गराएका थिए ।
‘राष्ट्रिय मुद्धालाई एकीकृत गरेर उठाउने बारेमा छलफल भएको छ’, पराजुलीले भने,‘सडक र सदनबाट उठाउने मुद्धा के के तय बैठकमा चर्चा भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4