 
																			२७ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत हो ।
यस दिन टप १० ब्रोकर कम्पनीमार्फत २ अर्ब ६६ करोडको खरिद हुँदा २ अर्ब ७३ करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री धेरै देखिन्छ ।
नासा, लिन्च, अनलाइन, आर्यतारा र सनीमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, भिजन, सारेप्रो, दिपशिखा र एबीसीमार्फत खरिद धेरै भएको छ ।
टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा गुडविल फाइनान्स, बेस्ट फाइनान्स, आँखुखोला जलविद्युत्, जानाकी फाइनान्स, पिपुल्स हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, समृद्धि फाइनान्स, साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4