२८ कात्तिक, काठमाडौं । नेपाल उमा कुङ्फु संघको पाँचौं साधारण सभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ ।
संस्थापक सदस्य सञ्जित यसअघिको कार्यसमितिमा संघको उपाध्यक्ष थिए ।
उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा पनि उनले २ स्वर्ण जितेका छन् ।
भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका सञ्जितले विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए ।
प्रतिक्रिया 4