+
+
उच्च अदालत पाटनको आदेश :

‘महानगरको फोहोर व्यवस्थापन टेण्डर प्रक्रिया रोक्नुपर्ने देखिएन’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १८:३४

२९ कार्तिक, काठमाडौं । उच्च अदालत पाटनले फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले अघि बढाएको टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश गरेको छ ।

न्यायाधीशहरु श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले फोहोरमैलाको संकलन एवं व्यवस्थापनको संवेदनशिलता भन्दै महानगरपालिकाले सार्वजनिक गरेको बोलपत्रको प्रक्रिया रोक लगाउन नपर्ने भनी आदेश गरेको हो ।

काठमाडौं उपत्यकाको फोहोरमैला संकलन गरिरहेको नेपवेष्ट प्रा.ली.ले बोलपत्रको प्रक्रिया रोक लगाउनुपर्ने माग राखी उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

निवेदनमा उल्लेख भएका विषय अन्तिममा नै निरुपण हुने भन्दै उच्च अदालतले प्रक्रिया रोक्न नपर्ने भनी आदेश गरेको हो ।

१३ वर्षअघि सरकारले परियोजना विकास सम्झौता(पीडीए) गरी काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी नेपवेष्टलाई दिएको थियो । अहिले महानगरपालिकाले त्यसविपरित काम गर्न खोजेको भनी प्रश्न उठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?