+
+

काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १९:५०

२९ कात्तिक, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचखाल-१३ का वडा अध्यक्ष सुकबीर तामाङका अनुसार बालुवा बोक्ने काम सकेर चालक ट्रक लिएर घरतर्फ फर्किँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?